शिक्षा विधेयकमा बालेनको पनि असहमति, तर स्कुल बन्द गरे कारवाही गर्न पछि नपर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संसदमा दर्ता भएको शिक्षा विधेयकमा आफ्नो असहमति रहेको बताएका छन् । उनले शिक्षा ऐन बनाउने अधिकार स्थानीय तहको भएको भन्दै संघीय सरकारले विधेयक संसदमा ल्याउनु नै संविधानको बर्खिलाप भएको बताएका छन् ।
उनले बुधबार आफ्नो फेसबुकमा यस्तो लेखेका छन् :- “शिक्षा विधयेकमा हाम्रो नि असहमति छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौंको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छ्न् । ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकाले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ । तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अवरोध नपुर्‍याउनु होला । यस्ता अवरोध पुर्‍याउनुहरुलार्इ कानुन, (संविधान) अनुसार कारबाही हुनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर