कांग्रेस सभापति देउवालाई शेखर समूहको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन नेता डा. शेखर कोइरालाले चेतावनी दिएका छन् ।

आफूपक्षीय नेताहरुको मंगलबारको भेला गरेका निष्कर्ष सुनाउन बुधबार धुम्बाराही देउवा निवास पुगेका नेता कोइरालाले सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।

उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले सभापति देउवालाई आजैबाट कोर्स करेक्सन नगरे आफूहरु आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिँदा त्यको जवाफमा देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताएको शेखर समूहका एक नेताले बताए । सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर