नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट बुधबार सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो ।

रिपोर्टमा कोभिड महामारीपछि लगातार दुई वर्ष बलियो आर्थिक वृद्धि हासिल गरे पनि गत आर्थिक वर्षमा वृद्धिदर अपेक्षित भन्दा बढी नै घटेको उल्लेख गरेको छ । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भए पनि यस वर्ष भने नेपालको आर्थिक वृद्धिदर विस्तार हुँदै ४.३ प्रतिशत पुग्ने एडिबीको प्रक्षेपण छ ।

यस्तै, चालु आर्थिक वर्षमा नेपालको मुद्रास्फीति अर्थात् महँगी घटेर ६.२ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण छ भने केन्द्रीय बैंकले नीतिगत दर घटाएका कारण ब्याजदर कम हुने र आर्थिक गतिविधिले गति लिने एडिबीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर