शिक्षकको आन्दोलनबाट काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमनमा समस्या उत्पन्न भएको हो ।

भीडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट ुडाइभर्सनु गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माइतीघरमा शिक्षकहरूले आज बुधबारदेखि आन्दोलन थालेका हुन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई प्रदर्शन गरेका थिए ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा, बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् । यो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर