ओमानमाथि बहराइनले रोमान्चक जित

काठमाडौं । कतारमा जारी रहेको गल्फ टी–ट्वान्टीमा बलियो मानिएको ओमानमाथि बहराइनले रोमान्चक जित निकालेको छ । कतारमा मंगलबार राति भएको खेलमा बहराइनले १ रनको रोमान्चक जित दर्ता गरेको छ । बहराइनले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा १ सय २२ रनमा अलआउट भयो ।

ओमानका लागि ओपनर कश्यप प्रजापतिले ५३ बलमा ३ चौकाको सहयोगमा ४९ रन बनाए । आयान खानले २१ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए । ओमानलाई अलआउट गर्न रिजवान बटले ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए । इमरान अनअरले २ तथा सथैया वीरपतिरण र हैदर बटले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । बहराइनका लागि इमरान अलिले ५५ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४४ रन बनाए । हैदर बटले १८ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए ।

जितका साथ बहराइन ४ खेलमा २ जित र २ हारका साथ ४ अंकमा रहेको छ । अंक तालिकामा बहराइन चौथो स्थानमा छ । पराजित ओमान ३ खेलमा २ अंकका साथ पाँचौं स्थानमा रहेको छ । प्रतियोगितामा कतार, कुवेत, साउदी अरेविया, बहराइन, ओमान र युएई गरी ६ टोली सहभागी छन् । प्रतियोगितामा शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर