अल नासरको सुखद सुरुआत

काठमाडौं । एएफसि च्याम्पियन्स लिगमा साउदी क्लब अल नासरले पहिलो खेलमा जितका साथ सुखद सुरुआत गरेको छ । नासरले इरानी क्लब प्रिसिपोलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
प्रिसिपोलिसको घरेलु मैदानमा मंगलबार राति सम्पन्न खेलमा नासरको जितमा मोहम्मद कासिमले १ गोल गर्दा डानियलले १ आत्मघाती गोल गरे । ६२ औं मिनेटमा डानियलको आत्मघाती गोलमा अग्रता लिएको नासरका लागि कासिमले ७२ औं मिनेटमा दोस्रो गोल गरे ।

५२ औं मिनेटमा प्रिसिपोलिसका मिलाड सर्लाक रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । जितसँगै अल नासर समूह इ को शीर्ष स्थानमा छ । पराजित प्रिसिपोलिस चौथो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर