संविधानविरुद्ध जनकपुरमा कालो झण्डा प्रदर्शन

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीले आज बुधबार जनकपुरधाममा नेपालको संविधानविरुद्ध कालो झण्डा प्रदर्शन गरेको छ ।

संविधान जारी भएको दिनलाई कालो दिवसको रूपमा मनाइएको हो । २०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै जनकपुरधामको चोक–चोकमा कालो झण्डा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले बताए ।
उनले २०७२ सालमा जारी भएको संविधान दिवसको दिन मधेसमा राज्यले नै प्रहरी प्रशासन लगाएर मधेसीको हत्या गरिरहेकाले सो दिनको विरोध गरेको बताए । मण्डलले संविधानमा जनसङ्ख्याको आधारमा मधेसलाई समानुपातिक सहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचनाअनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने लगायतका मागहरू रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर