पूर्वकार्ययोजना र कार्यतालिका अनुरूपनै कांग्रेस पार्टी चल्नुपर्ने शेखर समूहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरूपनै चलाउनुपर्नेमा जोड दिएको छ ।

बालुवाटारमा मंगलबार बसेको कोइराला पक्षधर समूहका तर्फबाट एजेण्डा तय गर्न बसेको बैठकले कार्यतालिका अनुसार सांगठनिक गतिविधि भए÷नभएको समीक्षा गर्दै सो तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता दिलेन्द्रप्रसाद बडूले असोज ४ गतेदेखि हुने पार्टीको केन्द्रीय समिति बैठकको एजेण्डाको विषयमा छलफल केन्द्रित भएको बताए । उनले पार्टीलाई चलायमान बनाउनका लागि पार्टीले अवलम्बन गरेको कार्यतालिकालाई अवरुद्ध गर्न नहुने र त्यसलाई निरन्तरता दिनुपर्नेमा आफूहरुको मत रहेको बताए ।

बैठकमा डा. कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, पहिलो पटक नेता डा. मिनेन्द्र रिजाललगायतका नेताहरुको उपस्थिति रहेको थियो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र सिटौला समूहका सांसद प्रदीप पौडेललाई आमन्त्रण गरेपनि उनीहरू बैठकमा सहभागी भएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर