दीपिकाले ‘जवान’ का लागि पारिश्रमिक लिइनन्

काठमाडौं ।  ‘जवान’सँगै शाहरुख खान फेरि एकपटक बक्स अफिस र बलिउडको बादशाह बनेका छन् । जवानले ४०० करोडभन्दा बढीको कलेक्शन गरिसकेको छ ।

जवानमा शाहरुख खानसँग नयनतारा र विजय सेतुपति मात्र मुख्य भूमिकामा देखिएका छैनन्, शाहरुखको भाग्यशाली चार्म दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिएकी छन् । दीपिका पादुकोणलाई फेरि एकपटक शाहरुख खानसँग देख्नु फ्यानका लागि ट्रीटभन्दा कम छैन । यद्यपि, दीपिकाले हालै खुलासा गरेकी छिन् कि उनले जवानमा अभिनय गरेबापत एक पैसा पनि लिएकी छैनन् ।

शाहरुख र दीपिकाले ओम शान्ति ओम, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर र पठान जस्ता फिल्ममा सँगै काम गरेका छन् । जवानमा दीपिकाको शाहरुखसँग विस्तारित क्यामियो छ जुन फिल्मको कथाको एक महत्वपूर्ण भाग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर