राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबारको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावलीअनुसार अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।

महासचिव गौतमले जारी गरेको सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक स्थगित गरिएको उल्लेख छ । ‘‘सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्यूले निर्धारण गर्नुहुने ब्यहोरा माननीय सदस्यहरूका लागि यो सूचना प्रकाशन गरिएको छ,’’ सूचनामा भनिएको छ । यसअघि वैशाख ४ गते बसेको राष्ट्रिय सभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर