अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज मङ्गलबार नेपाली बजारमा अमेरिकी डलरको भाउको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि नेपाली मुद्रा अमेरिकी डलरसँग यति कमजोर बनेको थिएन ।

हिजो सोमबार भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बनेपछि आज नेपाली बजारमा डलर महँगो भएको हो । डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेहरूलाई फाइदा भए पनि बाँकी सबैतर्फ नेपाललाई घाटा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर