रास्वपा पनि पुरातन पार्टी मार्गी, वडा समिति गठन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा–वडामा रास्वपा गठन सुरु गरेको छ । आगामी असोज २ गते देखि २० गतेसम्म मनोनयन दर्ता, असोज २१ देखि कात्तिक ९ सम्म दाबी, विरोध र १६ गतेसम्म मतदानको तालिका निर्धारण गरिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

‘वडावडामा रास्वपाको संगठन निर्माणको लागि गत असार १७ भित्र भेलामार्फत् गठन भएका वडाहरूको असार मसान्तभित्र अद्यावधिक गर्ने सूचना भएको र संगठनको माग बमोजिम भेला आयोजना गर्ने र अद्यावधिक गर्ने म्याद दुई पटक थप गरी अद्यावधिक गराउने मिति भदौ ३१ सम्म तोकिएको छ,’ प्रवक्ता ढकालले भने, ‘यसअवधिमा संगठन नबनेका वडाहरूमका अनलाइनमार्फत् उम्मेदवारी दिएर कमिटी गठनको प्रक्रिया अघि बढाइएको हो ।’

आज (असोज २) का मितिदेखि औपचारिक रूपमा वडा भेला गरी वडा समिति गठन गर्ने कार्य रोकिएको र अब मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता र मतदान गरेर चुनिने उनले बताए । वडा समितिमा ११ जना निर्वाचित सदस्यहरू हुनेछन् । ११ मध्ये दलित १ जना, महिला ४ जना, ४५ वर्षमुनिका युवा ६ जना रहने ढकालले बताए । निर्वाचित मध्येबाट वडा सभापति, उपसभापति र सचिव चयन हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर