भुटानी फुटबल टोली काठमाडौंमा

काठमाडौं । साफ यू–१९ खेल्न भुटानको टिम नेपाल आइपुगेको छ । काठमाडौंमा बिहीबारदेखि सुरु हुने प्रतियोगिता खेल्न भुटानको युवा फुटबल टिम काठमाडौं आइपुगेको हो ।

भुटानको टिमलाई एन्फा प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगिताका सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् । नेपाल रहेको समूह ए मा पाकिस्तान र माल्दिभ्स छन् । समूह बी मा भारत, बंगलादेश र भुटान रहेका छन् । नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर