क्यानडाबाट भारतीय कूटनीतिज्ञ निष्काशित

काठमाडौं । क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ । विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिइन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजोको संसदमा सम्बोधन गर्दै भारत सरकारका एजेन्टले गएको जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको टिप्पणी गरेका थिए । साथै उनले भारतमा हालै सम्पन्न जी–२० शिखर सम्मेलनका बेला आफूले यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि जानकारी दिए ।

भारतले क्यानडाको यो आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न नरहेको दाबी गरेको बीबीसीले जनाएको छ । क्यानडामा भारतीय मूलका १४ लाखभन्दा धेरै नागरिक रहेको अनुमान छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् । क्यानडाले भारतीय कुटनीतिज्ञलाई निष्कासन गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर