क्रिकेट मैदानका कर्मचारीलाई नगद पुरस्कार

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष जय शाहले श्रीलङ्काको क्रिकेट मैदानका कर्मचारीलाई ४२ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिवसमेत रहेका एसीसीका अध्यक्ष जय शाहले ४२ लाख भारु नगद पुरस्कार दिने घोषणा गरेको खबरमा उल्लेख छ । एसिया कप क्रिकेटका सबैजसो खेल वर्षाले प्रभावित हुँदा मैदानका कर्मचारीले उत्कृष्ट मेहनत गरेका थिए । पानी परेको बेला मैदानलाई ढाक्न, पानी रोकिएपछि मैदानबाट कभर हटाउन र मैदान पुनः सुक्खा बनाएर खेलका लागि योग्य बनाउन गरेको मेहनतको चौतर्फी प्रशंसा भएको थियो।

भारतका बलर मोहम्मद सिराजले पनि फाइनल खेलमा “प्लेअर अफ दि म्याच” बापत पाएको पुरस्कार मैदानका कर्मचारीलाई दिने घोषणा गरेका छन् । भारतीय खेलाडी रोहित शर्मा र विराट कोहलीले पनि उनीहरूको मेहनतको तारिफ गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर