मिथिलाञ्चलमा आज चौठचन्द्र पर्व

काठमाडौं । मिथिलाञ्चलमा आज प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाउने गरिन्छ । यसवर्ष तिथिको घटबढका कारण आज पर्व मनाउन लागिएको हो ।

मैथिली साहित्यका जानकार प्राज्ञ रामभरोस कापडीले जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द आज मनाइरहेका जानकारी दिए । मिथिलामा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर बेलुकापख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको छ । मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठचन्द्रबारे विभिन्न प्रसङ्ग, कथा र मान्यता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर