सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सोमबार पनि सुनवाइ भएन । जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण बिदामा रहेकाले सुनुवाइ स्थगित भएको हो । अर्को सुनुवाइको मिति भने तोकिएको छैन ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ । १७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर