अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको जित

काठमाडौं । अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । पाँच खेलको शृङ्खला दक्षिण अफ्रिकाले ३–२ ले जितेको हो ।

जोहानेसबर्गमा हिजो भएको निर्णायक खेलमा घरेलु टोलीले पाहुना टोली अष्ट्रेलियालाई एक सय २२ रनको फराकिलो अन्तरले हरायो । पहिलो दुई खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिकाले त्यसपछिका तीन खेल जित्यो।

अन्तिम खेलमा दक्षिण अफ्रिकाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो । जितका लागि ३ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १ सय ९३ रनमा अलआउट भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर