सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको  विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४२ रूपैयाँ १६ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ४३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८२ पैसा कायम गरिएको छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३५ पैसा र बिक्रीदर २८ रूपैयाँ  ४८ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ८७ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ८१ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८६ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर