तीनकुने गैह्रीगाउँ हत्याकाण्डका आरोपी सार्वजनिक

काठमाडौं । तीनकुने गैह्रीगाउँमा शुक्रबारर राति ४ जनाको हत्या गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसरले आइतबार साँझ पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । हत्या आरोपी भण्डारीले विशाल राईसँगको प्रतिशोध स्वरूप हत्या गरेको बयान दिएका छन् ।
केही समय अगाडि विशालले चलाएको मोटरसाइकलले ठक्कर दिर्इ भएको विवादमा राईले भण्डारीलाई कुटेका थिए । ‘विशाल राईलाई आज भेट्छु, निहुँ खोज्यो भने छप्काइदिन्छु’ भन्दै दिदी(भिनाजुको घरबाट निस्केर हिँडेको प्रहरीलाई बयानको क्रममा भण्डारीले भनेका छन् ।

सुरुमा विशाल राईलाई टाउकोमा खुकुरी हानेर हत्या गरेको र राईको हत्या गरेको देखेर कराएजस्तो लागेर सुभद्रा भुजेलको हत्या गरेको भण्डारीले बताएका प्रहरीले जनाएको छ ।

तीनकुनेमा रहेको दिव्य सःमिलमा शुक्रबार राति दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षका कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर