गैह्रीगाउँ हत्याको घटनामा एक जना पक्राउ

काठमाडौँ । गैह्रीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका यी व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा देखिएका थिए। उनी घटनास्थलबाट भक्तपुरतर्फ जाँदै गरेको लागेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ। शुक्रबार मध्यराति धारिलो हतियार प्रहार गरी गैह्रीगाउँस्थित दिव्य स :मिलका सुरक्षागार्ड कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो। प्रहरीले हिजो घटनाबारे जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर