वाणिज्य बैंकहरूले निक्षेपमा ब्याजदर बढाए

काठमाडौं । वाणिज्य बैंकहरूले बजारमा पर्याप्त तरलता हुँदाहुँदै असोज महिनाका लागि निक्षेपमा ब्याजदर बढाएका छन्‌ । निक्षेपसँगै अब बजारमा कर्जाको ब्याजदर समेत बढ्नेछ ।

कर्जामा ब्याजदर नबढाउने शर्तमा सरकारले बैंकहरूले केही अघिमात्रै स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएको थियो । तर, सरकारले सुविधा दिँदादिँदै पनि कर्जाकै ब्याजदर बढाउने बाटोमा बैंकहरू अघि बढेका हुन् । कम्तिमा ७ वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम १.४ प्रतिशतसम्म ब्याजदर वृद्धि गरेका हुन्‌ । ६ बैंकले भने ब्याजदर झिनो अंकले घटाएका छन्‌ ।

बैंकहरूले आफूसँग रहेको ठूलो आकारको संस्थागत निक्षेप परिपक्व हुने अवस्था रहेकाले सो निक्षेप फिर्ता जान नदिन ब्याजदर बढाएका हुन्‌ ।बजारमा कर्जा माग ठप्पजस्तै रहेको र पर्याप्त तरलता रहेकाले बैंकरहरूले कम्तिमा असोज महिनामा ब्याजदर नबढ्ने बताइरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर