आन्दोलनरत डाक्टरहरूसँग वार्ता गर्न समिति गठन

काठमाडौं । आन्दोलनरत नेपाल चिकित्सक सङ्घसँग सरकारले वार्ता गर्न समिति गठन गरेको छ । समस्याको समाधान छलफलबाट गर्ने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्ताका लागि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो । अहिले सरकारी वार्ता टोली र नेपाल चिकित्सक सङ्घका पदाधिकारीबीच छलफल भइरहेको छ ।

हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोध गर्दै सङ्घले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । ओपीडी सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु उपचार सेवाबाट वञ्चित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर