न्युक्यासलले ब्रेन्टफोर्डलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत न्युक्यासल युनाइटेडले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गरेको हो । न्युक्यासललाई जित दिलाउन एकमात्र निर्णायक गोल कालुम विल्सनले गरे । उनले खेलको ६४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यो नतिजासँगै न्युक्याल ५ खेलबाट ६ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने समान खेलबाट समान अंकका साथ ब्रेन्टफोर्ड १० औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर