बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार रियल बेटिसलाई सजिलै ५–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोना नयाँ सिजनको पाँच लिग खेलमा अपराजित छ । उसका लागि जाओ फेलिक्ससँगै रोबर्ट लेवनडोस्की, फेरान टोरेस, राफिन्हा र जाओ क्यान्सेलोले गोल गरे । यो जितपछि बार्सिलोनालाई रियल म्याड्रिडमाथि एक अंकको अग्रता प्राप्त भएको छ । रियलले आइतबार रियल सोसिडाडको सामना गर्दैछ ।

शनिबारका अन्य खेलमा एथलेटिको बिलबाओले काडिजलाई ३–०, एटलेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–० र मार्लोकाले सेल्टा भिगोलाई १–० ले पराजित गर्‍यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर