पशुपति क्षेत्रमा उत्तेजनात्मक वस्तुहरूको बिक्रीवितरण निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ क्षेत्रमा आज आइतबारदेखि लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ ।

हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनाअनुसार आइतबारदेखि लागू हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको उल्लेख छ । पशुपतिनाथ क्षेत्रभित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नुपरेको कार्यालयले सूचनामा जनाएको छ ।

 

null

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर