एन्टार्कटिकामा बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरे

काठमाडौंं । एन्टार्कटिका क्षेत्रको पश्चिमतर्फ रहेको बेलिङ्जहाउजन सागरमा बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरेका छन् । एम्परर प्रजातिका पेन्गुइनका बचेराहरु रहेको बरफ टुक्रिएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ती बचेराहरुमा समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास हुनुअघि नै मुनिको समुद्री बरफ पग्लिएपछि दुर्घटना भएको हो । बरफ टुक्रने घटना सामान्य भए पनि चाँडो भएकोले बचेराहरु मरेका हुन् ।

एन्टार्कटिक अर्थात दक्षिणी गोलार्द्धमा मार्च महिनाको आसपास जाडो नजिकिँदै गर्दा वयस्क चराहरू समुद्री बरफमा हाम फाल्छन् । उनीहरू त्यहाँ जोडी बन्ने, संसर्ग गर्ने र अण्डा पार्ने काम गर्छन् । ती अण्डाहरू कोरलेपछि बचेराहरू स्वयंमा भर पर्न सक्ने नभएसम्म आउँदा महिनासम्म तिनको हेरचाह गर्छन् । त्यो सामान्यतः नयाँ चराहरू समुद्रमा आइपुग्ने समय डिसेम्बर/जनवरी महिनाको आसपास हुन्छ । तर अनुसन्धान टोलीले देखे अनुसार नोभेम्बरमा एम्पररका बथान मुनिको समुद्री बरफ टुक्रिएको थियो । त्यो हजारौँ चल्लाहरूले पौडी खेल्नको लागि आवश्यक चिल्लो प्वाँखहरू विकास गर्न समय पाउनुअघिको बेला थियो । त्यसैले चारवटा बथानका सबै बचेराहरु आवश्यक रौँ तयार हुनु अघि नै समुद्रमा डुबेर मरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर