भक्तपुरमा हराएकी महिलाको शव भेटियो

भक्तपुर। भक्तपुरमा दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको शव जङ्गलमा टाउको छिनेको अवस्थामा फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेको  जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

पाठकका अनुसार जंगलमा भेटिएको कङ्कालमा लुगाका आधारमा शवको पहिचान गरिएको हो । ‘शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ’, उनले भने ।

मृतककी छोरी जानुका दाहालले गएको साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको बताउँदै डीएसपी पाठकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर