गैह्रीगाँउ हत्याकाण्ड : चारजना पक्राउ, छानविन समिति गठन

काठमाडौं । राजधानीको तीनकुने गैह्रीगाँउस्थित दिव्य सः मिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको घटना छानबिनका लागि प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले हत्या प्रकरणको छानबिनका लागि समिति बनाएको कार्यल प्रमुख दीपक थापाले जानकारी दिए। छानबिन समितिमा समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, नयाँबानेश्वरका निरीक्षक वीरेन्द्र केसी रहेका छन्।

तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सः फर्निचर मिलमा चार जनाको शव भेटिएको थियो। मिलमा शुक्रबार राति बीभत्स रुपमा हत्या गरिएको अवस्थामा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका र ७६ वर्षीया आमा सुमित्रा तथा मोरङ बेलबारीका १९ वर्षका नवीन राईको पनि शव भेटिएको थियो। उक्त घटनामा प्रहरीले धनकुटाका २४ वर्षीय दीपेन्द्र राईसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर