पेरिस सेन्ट जर्मेन पराजित

काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा निससँग पराजित भएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजी निससँग ३–२ गोलले पराजित भयो ।

लिगका पीएसजीको या पहिलो हार हो । निसको जितमा टोरेम मोफीले २१औं र ६८औं तथा गेतान लाबोर्डले ५३औं मिनेटमा गोल गर्नुभयो । पीएसजीका लागि केलियन एमबाप्पेले २९ओं र ८७औं मिनेटमा दुई गोल गरेपनि टोलीको हार टरेन ।

हारसँगै पीएसजी तेस्रो स्थानमा झरेको छ । पीएसजीको पाँच खेलबाट आठ अङ्क छ । विजेता निस नौअङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको मोनाकोको चार खेलबाट १० अङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर