बाइडेन भेट्न अमेरिका जाँदै जेलेन्स्की

काठमाडौं ।  अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अर्काे हप्ता अमेरिका आउने बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा सुलिभानले राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आगामी बिहीबार ह्वाइट हाउसमा स्वागत गर्ने बताए। उनले ह्वाइट हाउसमा दुई नेताबीच तेस्रोपटक भेट हुन लागेको जानकारी दिए।

उनले भने, ‘यो बैठक यस्तो समयमा भइरहेको छ, जतिबेला रुसले युक्रेनमा जारी युद्धमा उत्तर कोरियाजस्ता देशबाट सहयोग खोजिरहेको छ, त्यसविरुद्ध युक्रेनी सेनाको पनि प्रतिकारात्मक कारबाही अगाडि बढिरहेको छ र अर्काे हप्ता रक्षामन्त्री लोयड अस्टिनले हाम्रा धेरै सहयोगी र युरोपका हाम्रा सहयोगीसँग बैठक आयोजना गर्दैछन्।’

उनका अनुसार राष्ट्रपति बाइडेन युद्धमा उनीहरूको दृष्टिकोण बुझ्दै युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ताको संघर्षमा अमेरिकाको प्रतिबद्धता दोहोर्‍याउन  चाहन्छन्। युक्रेनका लागि सैन्य सहयोगसँग सम्बन्धित प्रश्नको जवाफमा जेक सुलिभानले उक्त बैठकमा अमेरिकाले युक्रेनका लागि थप हतियार प्याकेज घोषणा गर्न सक्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर