करणीको अभियोगमा शिक्षक साह पक्राउ

काठमाडौं । ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको एक विद्यालयका शिक्षकले १३ वर्षीय छात्रालार्ई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ ।

गाउँपालिकाको वडा नं ६ मेहेल स्थित निलगिरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोगमा सप्तरी जिल्लाको महादेव गाउँपालिका २ का लक्ष्मीप्रसाद साह लाई पक्राउ गरिएको हो । पीडित बालिकाको आबिभावकबाट जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

साह विगत २ वर्ष अघिदेखि सो विद्यालयमा विज्ञान विषय अध्यापन गराउँदै आएका शिक्षक भएको विद्यालय प्रधानाध्यापक गोपालदास कडरियाले बताए । उनलाई कक्षा ९ मा अध्ययनरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा गत भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर