बङ्गलादेशले भारतलाई ६ रनले हरायो

काठमाडौँ । बङ्गलादेशले भारतमाथि रोमाञ्चक जित हासिल गरेको छ । एसिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ६ रनले पराजित गरेको हो । बङ्गलादेशले दिएको २६६ रनको लक्ष्य पछाएको भारतले ४९.५ ओभरमा अल आउट हुँदै २५९ रन बनाएपछि खेल ६ रनले हारेको थियो । भारतका लागि शुभमन गिलले १२१ रनको शतकीय पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् ।

यसअघि बङ्गलादेशले टस हारेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएको थियो । योसँगै एसिया कपको सुपर फोरका खेलहरू सकिएका छन् । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ भने उपाधिका लागि श्रीलङ्कासँग आइतबार खेल्दैछ । बङ्गलादेशले सुपर फोरमा सान्त्वना जित हासिल गरेर घर फर्किने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर