दक्षिण अफ्रिका एक सय ६४ रनले विजयी

काठमाडौं । पाहुना टोली अस्ट्रेलियासँगको चौथो एकदिवसीय खेलमा दक्षिण अफ्रिका एक सय ६४ रनले विजयी भएको छ । यो जितसँगै पाँच खेलको शृङ्खला २/२ को बराबरी भएको छ । सेन्चुरियनमा भएको खेलमा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर चार सय १६ रन बनायो । उसका हेनरिच क्लासेनले उत्कृष्ट एक सय ७४ रनको पारी खेले ।

यस्तै, डेविड मिलरले ८२ तथा भान देर डुसेनले ६२ रन जोडे । जितका लागि चार सय १७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३४ ओभर ५ बलमा २ सय ५२ रनमा अलआउट भयो । उसका एलेक्स कारे शतक बनाउनबाट एक रनले चुके । उनी ९९ रनमा आउट भए । लुङ्गी नेगिडीले चार तथा कागिसो राबाडाले तीन विकेट लिए । शृङ्खलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर