शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा पुगेको छ । शुक्रबार  अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा पुगेको थियो ।

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ६७ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३१ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ७० पैसा र बिक्रीदर ८६ रूपैयाँ ०८ पैसा कायम गरिएको छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५९ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३५ पैसा र बिक्रीदर २८ रूपैयाँ  ४८ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ८२ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ७६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८५ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर