संविधान दिवसको अवसरमा दिइने विभूषण यसपटक वितरण नगरिने

काठमाडौं । राष्ट्रपतिबाट संविधान दिवसमा प्रदान गरिँदै आएको विभूषण यस पटक वितरण नगरिने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विभूषण वितरण कार्यलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले कार्यदलले प्रतिवेदन नदिउन्जेलसम्मका लागि विभूषण प्रदान गर्ने कार्य स्थगन गर्ने बताए । त्यस्तै सरकारले कर प्रणाली सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लीको संयोजकत्वमा एउटा समिति गठन गर्ने, साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०-१० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

त्यस्तै सरकारले सिँचाइ नीति २०८० स्वीकृत गरेको छ । सरकारले नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० स्वीकृत गर्ने र विधायनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा प्रस्तुत गर्न स्वीकृत दिने निर्णय भएको मन्त्री शर्मा बताइन् ।

उनले भनिन् ‘कर प्रणाली सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एउटा समिति गठन गर्ने । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०–१० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृत दिने । सिँचाइ नीति २०८० स्वीकृत पनि गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर