बञ्चरेडाँडामा फोहोर फ्याँक्न असोज २० गतेसम्म राहत

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समितिले असोज २० गतेसम्मको समय दिएको छ । यसअघि असोज १ गतेदेखि फोहोर बोकेका सबै गाडी रोकेर निर्णायक आन्दोलन गर्ने बताएको समितिले मागप्रति गम्भीर रहेको भन्दै सरकारबाट पत्र पाएकोले असोज २० गतेसम्म रचनात्मक विरोध कार्यक्रम मात्रै गर्ने निर्णय गरेको समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले स्थानीयवासीको मागप्रति सरकार गम्भीर रहेको भन्दै पत्र पठाएका कारण आन्दोलनको स्वरूप परिवर्तन गरेको समितिका संयोजक ढुङ्गानाले बताए । असोज २० गतेसम्म पनि माग पूरा नभएमा भने कुनै पनि आश्वासनलाई नमानी परिणाम नआएसम्म आन्दोलन गर्ने उनले स्पष्ट पारे ।

समितिले सरकारसँग मानवबस्तीरहित ल्यान्डफिल्ड साइट विकास क्षेत्र, फोहरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र निर्णय गरी कार्यान्वयन गर्नुपर्ने र फोहोर विकास प्राधिकरण गठन गर्नुपर्ने गरी चार बुँदे माग रहेको छ । यस्तै समितिले गएको जेठ २३ गते काठमाण्डौ महानगरसँग गरेका सहमतिहरू तीन महिनाभित्रमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर