महामन्त्री ढकालका चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

सभापति रवि लामिछानेका चालक तीन तलाको घरको छतबाट खसेको घटनामा अनुसन्धान गर्न महामन्त्री ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

लामिछानेका चलाक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका थिए । घाइते भएका चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर