झापामा डेंगुबाट एक महिलाको मृत्यु

काठमाडौं । दुई महिना अघिदेखि झापामा फैलिएको डेंगु रोग नियन्त्रणमा आउन सकेको छैन । डेंगुका कारण झापामा थप एक बिरामीको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–५ मा डेंगु सङ्क्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । एबीसी नेपालका अध्यक्ष कन्चना ढकालका अनुसार बहालमा बस्ने भारत घर भएकी करिब ३५ वर्षीया महिलाको उपचारका लागि भारतको सिलगढी लैजाँदै गर्दा आज बिहीबार मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर