खेलको विकास राष्ट्र विकासको आधार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार रहेको बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार आयोजित १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवम् संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध जनाएको जानकारी दिए ।

प्रधानमन्त्रीले भने, ‘‘विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नुहुने जानकारी पाउँदा मलाई खुशी लागेको छ । नेपालबाट पहिलोपटक यति ठुलो सङ्ख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुने प्रतियोगितामा महत्त्वपूर्ण सफलता हासिल गर्ने मैले विश्वास लिएको छु ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर