पशुपतिनाथ, गोकर्णेश्वरलगायतका तीर्थस्थलमा घुइँचो

काठमाडौं । कुशे औँसीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वरलगायतका तीर्थस्थलमा घुइँचो लागेको छ । कुशे औँसीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित बागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरूले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्ड दान दिई पितालाई सम्झनेहरूको भीड देखिन्छ ।

आजको दिन विशेषगरी उत्तर गया भनेर चिनिने काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लनागेको छ । आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर