बुधबार शेयरबजारलाई फलीफाप, ३९ अंकको वृद्धि

काठमाडौं । आज बुधबार शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.४८ अंकले बढ्दै २००७.०६ बिन्दुमा पुगेको छ । १ अर्ब ५९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँ बराबरको ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर किनबेच भएको छ ।

मंगलबार १९.४२ अंकले घटेको नेप्सेमा बुधबार बाउन्सब्याक भएको हो ।  आइतबार र सोमबार बढेको नेप्से हिजो मंगलबार घटेको थियो । बुधबार भने मंगलबारको गिरावट समेत कभर गर्दै नेप्सेले २००० अंकको बिन्दु पार गरेको हो । नेप्सेका अनुसार बुधबार कारोबार भएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज बरुण हाइड्रोपावरको शेयर मूल्य २२ रुपैयाँले प्रतिशतले बढेर प्रतिकित्ता २४२ रुपैयाँ पुगेको छ । शुभम् पावर लिमिटेडको शेयरमूल्य पनि ८१‍४० रुपैयाँले बढेर ८९६ रुपैयाँ पुगेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले भने प्रतिशतका हिसाबले सबैभन्दा धेरै गुमाएका छन‍ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्यमा ८ प्रतिशत गिरावट आउँदा ३१३ रुपैयाँ काम भएको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज एनआइसी एसिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।  सो कम्पनीको ७ करोड ९३ लाख २५ हजार ३४७ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर