५० जना प्रतिवादी, ३ अर्ब ५० करोड बिगो असुल्नुपर्ने सिआइबीको राय

काठमाडौँ । ६१ किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ५० जनालाई प्रतिवादी बनाएको छ । आज सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको हो ।

त्यसमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरारको सूचीमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिइएको छ । सिआइबीका एसपी कृष्ण पंगेनीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिएका छन् । अमला रोका माओवादी केन्द्र निकट रोल्पा-काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्षमेत हुन् ।

आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर