वीरगन्जको बाल सुधार गृहमा तनाव

काठमाडौं । बाल सुधार गृहमा रहेका बन्दीबीचको विवादले रातभर तनावग्रस्त बनेको वीरगन्जको बिस्तारै सामान्य बन्दै गएको छ । अहिले पनि वीरगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हिजो बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको थियो । झडपमा परी ११ जना कैदीबन्दी र १० जना प्रहरी घाइते भएका थिए । घाइते भएका प्रहरीहरु सामान्य उपचार पछि काममा फर्किएका छन । यस्तै, घाइते भएका ११ मध्ये १० जना कैदीबन्दीको नारायणी अस्पतालमा उपचार भइरहेको छ । एक जना भने डिस्चार्ज भएका छन् । हिजो झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएपछि बन्दीहरुले सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा गरेका थिए ।

भक्तपुरको बाल सुधार गृहबाट वीरगन्ज सारिएका बन्दीहरुको समूह र पहिल्यैदेखि त्यहाँ रहेका बन्दीहरुको समूहबीच विवाद भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको छ । गएको ४ गते भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहमा तोडफोड भएपछि त्यहाँ रहेका १८ जना कैदी बन्दीलाई वीरगन्ज लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर