प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता

काठमाडौं ।  आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता भएको छ । साहविरुद्ध जिल्ला अदालत रौतहटमा सन्जिव कुमार यादवले भदौ २५ गते मुद्दा दर्ता गराएका हुन् । यादव जनता समाजवादी पार्टी, नेपालका जिल्ला नेता हुन् । उनी जसपा रौतहट जिल्ला कार्यकारिणी समितिको सदस्य हुन् ।

साउन ६ गते पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा भाग लिई फर्किने क्रममा आफूमाथि गरुडास्थित चिनी मिलको पश्चिमतर्फको बाटोमा हातपात गरेको उनले फिराद पत्रमा उल्लेख गरेका छन् । आफूलाई नियन्त्रणमा लिएर हातपात गर्दै लगाएको लुगासमेत च्याती गाली बेइज्जती गरेको उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर