भक्तपुरका चार नगरपालिका मध्ये सूर्यविनायक बन्यो पहिलो

भक्तपुर । महालेखा परिक्षकको ६० औं प्रतिबदेन अनुसार भक्तपुरका चार नगरपालिका मध्ये सूर्यविनायक नगरपालिका सबै भन्दा कम बेरुजु भएको नगरपालिकाको रुपमा स्थापित भएको छ ।

आर्थिक वर्ष २०७८\७९ मा सूर्यविनायक नगरपालिकाको चार नगरपालिका मध्ये  कम बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सूर्यविनायक नगरपालिकामा महालेखाले गरेको लेखापरिक्षणको कुल रकमको १.०२ प्रतिशत रकम मात्र बेरुजु भएको उल्लेख गरिएको छ ।

यसै गरि मध्यपुर थिमि नगरपालिकाको १.२७ प्रतिशत, भक्तपुर नगरपालिकाको १.५६ प्रतिशत र चाँगुनारायण नगरपालिकाको २.२५   बेरुजु कायम भएको महालेखाको ६० औं प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद कँडेलले नगरपालिकाले आर्थिक प्रार्दशिता तथा आवश्यक कागजात पुरा गरेपछि मात्र भुक्तानी दिने गरेकाले अन्य नगरपालिका भन्दा कम बेरुजु कायम भएको बताए ।
उनले आगामी वर्ष शून्य बेरुजुमा झार्ने गरि नगरपालिकाले काम गर्ने उद्देश्यका साथ लागि परेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर