भक्तपुरमा पञ्जराँको उपलक्ष्यमा पाँच दीपंकर बुद्धको परिक्रमा (फोटो फिचर)

भक्तपुर । बौद्ध धर्मावलम्बीहरूको महान् पर्व पञ्चदान स्थानीय भाषामा (पञ्जराँ) को अवसरमा आज मंगलबार भक्तपुरमा पाँच दीपंकर बुद्धको प्रतिमूर्ति प्रदर्शन गरिएको छ ।

पञ्जराँको अवसरमा स्थानीय श्रद्धालु भक्तजनहरूले शाक्य, बज्राचार्यहरूलाई गच्छअनुसार अन्नअन्नादिलगायत तयारी खाद्यवस्तुहरू दान गरेका थिए । विशेष गरेर वर्षको एकपटक मनाइने सो पर्वको अवसरमा भक्तपुरमा रहेका विभिन्न बौद्ध बिहारबाट दीपंकर बुद्धको प्रतिमूर्तिलाई नगर परिक्रमा गराइने प्रचलन रहेको छ ।

पञ्चदान पर्व काठमाडौं र भक्तपुरमा एकै दिन मनाउने चलन छ भने पाटन (ललितपुर) मा बेग्लै दिन मनाउने गरिन्छ । पाटनमा यसअघि नै पञ्जरा पर्व सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर