लिबियामा विनाशकारी आँधी : दुई हजारको ज्यान गएको आशंका

काठमाडौं । लिबियामा आएको विनाशकारी आँधी र बाढीका कारण हजारौंको मृत्यु भएको आशंका गरिएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको र हजारौं बेपत्ता भएको बताएका छन् ।

लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार मृत्यु हुनेको संख्या हजारौं हुन सक्छ। आइतबार ड्यानियल आँधीका कारण पहिरो गएको थियो । त्यसपछि प्रशासनले संकटकाल घोषणा गरेको थियो । आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यू लगाइएको छ र विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको छ।

लिबियाको रेडक्रसले कम्तिमा १५० घर पूर्णरुपमा ध्वस्त भएको जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रेड क्रिसेन्ट मानवीय प्रमुखले डेर्नामा मात्रै कम्तिमा १५० जनाको ज्यान गएको बताए । डेर्नाका दुई वटा बाँध पनि भत्किएको समाचार छ । डेर्नामा करिब १० हजार मानिस बस्छन् । पूर्वी लिबियाका प्रधानमन्त्री ओसामा हमादले एक टिभी अन्तर्वार्तामा भने, “हजारौं मानिस बेपत्ता छन्। मृत्यु हुनेको संख्या दुई हजार नाघेको हुनसक्छ । डेर्ना क्षेत्र बासिन्दासहित बगेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर