दिवंगत नेम्बाङका दुई छोरा विदेशबाट काठमाडौं आउँदै

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङका दुइृ छोरा भोलिसम्ममा काठमाडौं आइपुग्ने भएका छन् ।

दिवंगत नेम्बाङ भाइ सुरेश नेम्बाङका अनुसार जेठो छोरा मिङ्सो नेम्बाङ युकेबाट भोलि बुधबार ४ बजे र कान्छो छोरा सुहाङ नेम्बाङ अष्ट्रेलियाबाट आज मंगलबार राति ११ बजे काठमाडौं आइपुग्ने छन् । नेम्बाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू काठमाडौं आएपछि मात्र अन्त्येष्टि गरिने छ । सरकारले स्वर्गीय नेम्बाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने र उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर