ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोटमा

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन्।

आज बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन्।

अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरू संसदमा अघि बढाउने वषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन्।

साथमा सभामुख देवराज घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर